नियम ५४
फैसलाको जनाउ दिनु पर्ने
: अदालतले उपस्थित पक्षलाई फैसला सुनाई फैसला सुनिपाएको कागज गराउनु पर्नेछ र अनुपस्थित रहेको पक्षलाई फैसला प्रमाणीकरण भएको मितिले सात दिनभित्र फैसलाको जनाउ दिनु पर्नेछ। यसरी फैसलाको जनाउ दिँदा अदालत आफैँले वा सम्बन्धित श्रम 'तथा रोजगार कार्यालय मार्फत दिन सकिनेछ।